टुक्का साहित्य समाज: संक्षिप्त परिचय

नेपाली साहित्य जगतमा नयाँ चाैतारीकाे रुपमा हुर्किदै गरेकाे लघुतम काव्यिक उपविधा “टुक्का कविता” लाई संस्थागत उन्नयन, उत्थान र संरक्षण गर्ने उद्धेश्यले २०७७ फाल्गुन २७ गते टुक्का साहित्य समाजकाे गठन भएकाे थियाे । संस्था दर्ता ऐन २०३४ को अधिनमा रही २०७८ साउन ४ गते आधिकारीक रुपमा दर्ता भई सरकारी मान्यता प्राप्त गरेकाे थियाे ।
हाल याे संस्था लघुतम काव्यिक उपविधा “टुक्का कविता” काे उन्नयनकाे लागि मुख्य गरेर निम्न कार्यहरूमा क्रियाशील रहेकाे छ।
क) साप्ताहिक छन्दमा टुक्का लेखन अभ्यास
ख) साप्ताहिक व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यास
ग) विशेष अवसरहरूमा विशेष टुक्का लेखन अभ्यास
घ) दैनिक टुक्का लेखन प्रशिक्षण
ङ) विभिन्न प्रतियाेगिताहरू सञ्चालन
च) विभिन्न सामाजिक कार्यहरू सञ्चालन
छ) प्रकाशन
उद्देश्य
टुक्का साहित्य समाजको उद्देश्य ः–
क) लघुतम कव्यिक उपविधा टुक्का कविताकाे उन्नयन र विकासका लागि विभिन्न साहित्यिक गतिबिधिहरू संचालन गर्ने।
ख) टुक्का कविताको विशेष सेवा गर्ने तथा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूको खोजी गरी विवरण तयार गर्ने ।
ग) टुक्का कविताकाे उन्नयनकाे लागि विविध विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ, कृति एवं पत्रिकाहरूकाे प्रकाशन/प्रसारण गर्ने, गराउने ।
घ) टुक्का कविताको प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गर्ने गराउने ।
ङ) देश, विदेशमा विभिन्न साहित्यिक गतिविधिहरुलाई विस्तार गर्ने, गराउने ।
च) नेपाली भाषा साहित्यमा अक्षर गणना गरी दुबै हरफमा बराबर अक्षर संख्या गरि अन्त्यानुप्रास मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिदै आएकाे साहित्यिक नव काव्यिक उपविधा टुक्का कविता लेखन तथा छन्द पाठशालाको अवधारणा विकास गरी यसका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्नुकाे साथै कक्षाहरू संचालन गर्ने, गराउने ।
छ) टुक्का कविता तथा भाषा, साहित्य, संस्कृतिकाे विकासमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने।
ज) राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी, गैर सरकारी तथा निजि संस्थाहरूसँग समन्वय गरि संस्थाको उद्धेश्य पूर्ति का लागि संस्थाको विधान मातहतमा रही विभिन्न कार्यहरू गर्ने गराउने ।
झ) समाज रुपान्तरणमा युवाहरूलाई अग्रसर बनाउने उद्धेश्यले प्रविधि मैत्री विद्युतीय जुन सुकै एप्स माध्यमद्वारा वा स्थलगत कार्यक्रमद्वारा विभिन्न कार्यक्रमहरू गर्न गराउने ।
ञ) समाज उत्थानका लागि जनहितकारी तथा सामाजिक कार्यहरु गर्नेछ ।
ट) गरीवी अशिक्षा र पछौटेपनबाट ग्रसित रहेको समाजको कुनै पनि सदस्यको उत्थानार्थ यस संस्थाको उद्धेश्य अनुरुप सांस्कृतिक साहित्यिक र सामाजिक कार्यक्रमको तार्जुमा गर्न गराउने ।


योजना र कार्यक्रम
माथिका उद्देश्य पूरा गर्न टुक्का साहित्य समाजले प्रमुख रुपमा निम्न बमोजिम कार्यक्रम सञ्चालन गर्नेछ :-
क) टुक्का कविता तथा साहित्यिक विषयमा प्रवचन, गोष्ठी, विचार–विर्मश, सम्मेलन आदि गर्ने गराउने।
ख) विभिन्न तालिम तथा अभ्यास कार्यक्रमहरू सञ्चालन गर्ने गराउने।
ख) टुक्का कविता सम्बन्धी अनुसन्धानात्मक तथा मौलिक कृतिहरुको सिर्जना गर्ने गराउने ।
ग) विद्वान्, साहित्यकार तथा सर्जकहरूको प्रतिभा विकसित हुने वातावरणको सिर्जना गर्ने ।
घ) टुक्का कविता तथा भाषा, साहित्य, संस्कृतिकाे विकासमा उल्लेखनीय योगदान दिने व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने।
ङ) विशिष्ट विद्वान् तथा साधकहरुलाई मानार्थ तथा आजीवन सदस्यता प्रदान गर्ने ।
