अभियन्ता समुह

लघुतम काव्यिक उपविधा “टुक्का कविता” काे उन्नयनकाे लागि सक्रिय भूमिका निभाउने उद्धेश्यले टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंकाे संयाेजकत्वमा २०७८ भदाै १७ गते टुक्का कविता अभियन्ता समूहकाे गठन भएकाे थियाे ।

याे समूहले टुक्का कविता प्रशिक्षण, प्रकाशन, प्रचारप्रसार लगायत विविध कार्यहरूमा टुक्का साहित्य समाजलाई विशेष सहयाेग गर्दै टुक्का कविताकाे उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएकाे छ।