अनन्त टुक्का यात्रा


“अनन्त टुक्का यात्रा” प्रति समर्पित ३४ टुक्काकारका शुभकामना टुक्काहरू
१.
अनन्त यात्राकाे छुट्याे रेल लाग्याे लर्काे
आउने जाने यात्री धेरै नमानाै झर्काे ।
२.
टुक्का यात्रा सिक्दै लेख्दै अघि बढ्दै जाऊँ
सिर्जना चाेरी गरि विवाद नबढाऊँ।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।
१.
टुक्का लेखन अगाडि बढाउनु पर्छ
डिजिटल पत्रिकाले गर्नु काम गर्छ ।
२.
मेरो मन तन देखि अथाह शुभकामना
टुक्का लेख्नलाई गर्नु पर्छ है अझै सामना।
✍️ बिक्रम तिरुवा सलिन
जुम्ला
१.
रोज्यौँ हामी टुक्का लेखन सबै मिली साहित्यको पाटो
धन्यवाद डिजिटल पत्रिकाले खुलाइ दियौ बाटो ।
२.
अघि बढौँ सबैजना बनाऔँ देखाऔँ राम्रो भावना
विकृतिको चिरफार गरौँ सबैलाई शुभकामना ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
१.
शुभकामना शुभकामना टुक्का यात्रालाई
निरन्तरता पाई रहोस् सधैँ नै यो रमाई ।
२
एकता र राष्ट्रियताको सन्देश छर्किरहोस्
सधैं सधैं देश भक्तिको भावना दर्किरहोस् ।
✍️ गुणनिधि घिमिरे
पाँचथर, मोरङ
हाल अमेरिका
१.
फुल्दै जानु टुक्का काव्य सुवास मिठो छरेर
भाव दिदै शब्द मार्फत अभिब्यक्ती भरेर।
२.
दुइ हरफमा लेखिएको पुर्ण काव्य टुक्का
अघी बढ्नु बिसङ्गतलाई हान्दै बाघे मुक्का।
✍️ नवशिला
बेलबारी -२, लालभित्ती, मोरङ ।
१.
नयाँ अनन्त यात्राकाे सबैले गर्नु पर्छ सामना
टुक्का कविता लेखेर नै अघि बढ्नु शुभकामना।
२.
दिनहुँ लेख्छु म रचनाहरू कापी कलम समाई
आउने गर्छु अनन्त यात्रा टुक्का कवितामा रमाई।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
१.
साहित्यका अनमोल लहरहरु चलोस्
टुक्का काव्य सँधै यसरी नै फूलोस फलोस् ।
२.
साहित्याकाशको उज्ज्वल तारा झैँ चम्किंदै
टुक्का काव्य अविरल हिँडिरहोस् लम्किंदै ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गाउँपालिका-६, दोलखा।
१.
साहित्य विधा एउटा टुक्का नै हो भनेर गनौ
अनन्त टुक्का लाई सबैले शुभकामना भनौ।
२.
यही टुक्का बाट हरेक कविता बन्ने गर्दछ
अनन्त टुक्का लाई शुभकामना भन्नै पर्दछ।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
१.
करोडौ बर्षसम्म रहिरहनु अनन्त टुक्का यात्रा शुभकामना दिन्छु आई चलाउछु साहित्यमा जात्रा। २.
विचार विमर्शमा चलेका तिम्रा प्रगतिका पाइला चुलिए शुभकामना दिदै जाँदा हर्ष उमङ्गमा मेरा शब्द झुलिए । ✍️ अम्विका अधिकारी
विर्तामोड, झापा।
१.
सुस्तरी घिस्री वर्ष दिन बितायौ अब चाँडै दगुर्ने हुनु
साहित्यको उप विधा टुक्का तिमी सबै-सबैको मन छुनु।
२.
‘अनन्त टुक्का यात्रा’ तिम्रो यात्रा निरन्तर सफल बनोस्
लघुतम नव काव्यिक विधालाई सबैले जय भनोस्।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
१.
कामना शुभकामना टुक्का काव्यको छ जमाना
फलोस् फुलोस् मिठामिठा शब्दभावले पाना पाना।
२.
छोटो छिटो दुई हरफमा संसार अटाउने
विविध पक्षमा चेतनाको संदेश पठाउने।
✍️ होम प्रसाद नेउपाने
धरान, सुनसरी ।
१.
लाग्दछ सदासर्वदा हे टुक्का ! तिम्रै गुणगान गाऊँ
तिम्रो पावन अनन्त यात्रामा सहयात्री बन्न पाऊँ।
२.
बस्नु मन मुटुमा सकल दिलमा राज गरेर
हटाऊ पिर ब्यथा दु:खीको सर्वत्र खुसी छरेर।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
१.
अनन्त टुक्का यात्राको डिजिटल पत्रिका पनि प्रकाशित हुने भयो
मेरो आन्तरिक हृदयबाट मुरी मुरी शुभकामना यसमा गयो।
२.
नटुङ्गियोस् अनन्त यात्रा टुक्काको कहिल्यै
हरा भरा रहोस् काव्यको यो विधा जहिल्यै।
✍️ दीपक ठटाल जलन
खरसाङ, दार्जीलिङ।
१.
टुक्का लेखेर पाेखाैँ साथी आफ्नो भावना
साहित्यमा कलम चलाेस् शुभकामना ।
२.
अनन्तकाे यात्रा तिर लम्कदै छाै टुक्का
मुहावरा मिलाउन सधैँ हुनू फुक्का ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७,उपल्लो गाेहाेरे,गाेरखा।
१.
मनै देखि शुभकामना दिदैछु म कलम समाई
सबैको यहाँ भाव चलिरहोस् टुक्का यात्रामा रमाई ।
२.
हाम्रो साथ र हातको एकता सधै बनिरहोस्
सबैको मुखले अनन्त टुक्का यात्रा भनिरहोस्।
✍️ दुर्गा आचार्य
मोरङ
१.
अनन्त यात्रासँगै सधैँ टुक्का लेख्दै जाऊ
शुभकामनाका गुच्छा अर्पण गर्न पाऊ।
२.
सबको मनमा बस्न सकोस् टुक्काको यात्रा
चिन्ने माध्यम यहि बनोस् नभएर जात्रा ।
✍️ ललिता अभागी
सुनकोशी-५, सिन्धुली
१
अनन्त टुक्का यात्रामा नै उपस्थिति जनाउँ
कार्यक्रम भएकाेमा सबैले खुसी मनाउँ।
२
टुक्काको यात्रा सफल पार्न शुभकामना
कोरोना बाट बच्न गरौ यात्रामा सामना ।
✍️ पवन कुमार बुढाथेाकी
पुरानेा बानेश्वर , बासुकी मार्ग।
१.
दिन आएँ शुभकामना हाम्रै टुक्कालाई अहिले
प्रगति होस् टुक्काको समाजमा हिजो आज जहिले ।
२.
टुक्का चम्कियोस् विश्व साहित्यमा चम्किलो तारा बनेर
लेखौँ हामी रातदिन टुक्का नै हातका औँला गनेर ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
१.
टुक्का यात्रा अघि बढोस् भन्ने चाहना
अनन्त काव्यको गर्छु शुभ कामना।
२.
फुलोस् फलोस् सधैं भरिनै टुक्का अघि बढोस्
कलमले मनका भाव व्यक्त गर्न सकोस् ।
✍️ बेदु न्यौपाने
काठमाडौ
१.
शुभकामनाहरु अर्पण गर्छु टुक्काकै फूल गुच्छा लिई।
खुशी मिलोस् पाठकलाई अनन्त टुक्का यात्रामा साथ दिई।
२.
अनन्त टुक्का यात्रा, यो अविराम
सलल बगोस्, बनोस् सरल काम ।
✍️ रचना शर्मा प्रतीक्षा
महालक्ष्मी न.पा., ललितपुर ।
१
टुक्का काव्यको भविष्य बन्ने देखेँ,
हार्दिक प्रगतिको कामना लेखेँ ।
२
अनन्त यात्रा बनिरहोस् एकजुट गरी,
शुभकामना दिने गर्छु सदा अघि सरी।
✍️भगवती दवाडी
दमक, झापा।
१.
टुक्का कवितामा भाव लेख्दै शुभकामना दिए
सफलताको कामना गर्दै शान्तले सास लिए ।
२.
फूलहरु झै सुवास छर्दै साहित्यमा अघि जानू
अनन्त टुक्का यात्राले हामीलाई सँगसगै लानु ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
१
शुभकामना छ टुक्का कृति फैलियोस् आज
चलोस् साहित्यमा विशेष महत्वको राज।
२
मित्रहरुको हुनुपर्छ मनदेखि भावना
फलोस् फुलोस् टुक्का यहि छ मेरो शुभकामना।
✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
१.
दुबाे झैँ मौलाइ रहोस् सदा हरियाली बनी
कामना गर्दछु सफलता छाइरहोस् भनी।
२.
बढी रहोस् पाइला अगाडी गर्दै सामना
अनन्त यात्रामा सबैलाई शुभकामना।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
१•
जीवन छोटो छ यात्रा अनन्त,
मिलेर हामी बनाऔं जीवन्त।
२•
फुलोस् फलोस् गर्छु कामना,
राख्छु मिठो यही भावना
✍️ घनश्याम पौडेल
सृजना चोक, पोखरा।
१
नाम झैँ सदा माैलाओस् अनन्त टुक्का
दिए शुभकामना मन भई फुक्का ।
२
उदायाे अनन्त टुक्का म परे फुरुक्क
भावात्मक शुभकामना दिए खुरुक्क ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे ।
१.
बयान गर्नु पर्ने केही छैन नामै काफी
शुभकामना दिन्छु कतै गल्ती भए माफी ।
२.
साथ सहयोग दिनेछौँ हामी
धेरै उच्च हुनु विश्वमा नामी।
✍️ बिनिता विश्वकर्मा बिनु
बाजुरा
१.
पवित्र गंगासरि बग्दै जानु बन्दै नामी
अनन्त पदयात्रामा साथ आउँछौ हामी ।
२
जन्म भयो नयँ रूपमा अन्नत नामले दंग
कलम समाई तिम्रो साथमा खेल्न लाग्छ रंग ।
✍️ इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
१.
धेरैधेरै शुभ कामना अनन्त तिमीलाई
प्रगति पथमा लम्किनु यो भित्र दाजुभाई।
२.
कोसेली लिएर आउँनु रचना धेरै राम्रो
गर्व महशुस होस भनिराख्न लाई हाम्रो।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८
१.
काम देखेर दुनियाँ दंग परोस्
हरेक सोचेको सबै काम बनोस् ।
२.
पूरा होस् सबै मनको चाहा
दुनियाँले भन्ने गरोस् आहा ।
✍️ श्री लिम्बू आङ्बुहाङ
पाँचथर
१.
धेर थोर जति भएपनि राम्रा टुक्का लेख्न पाउ
यही उज्जल कामनाका साथ पाइला अघि लाउ।
२.
हाम्रा टुक्काहरु पारेर रसिला अंगुर सरी
भावना लाई नचाऊ लौ बनाएर सुन चरी।
✍️ अच्युत घिमिरे
दोभान, सरपाङ्ग भुटान।
१.
हाम्रो सहयात्रा सधैँ जागाेस्
थकान आलस्य टाढा भागाेस् ।
२.
मेरा सबै मित्रहरू हुन् साहित्यका साथी
टुक्का कविता लाई लैजानु छ धेरै माथी।
✍️ प्रेम सुनार
दैलेख।
१.
साहित्यमा रमाउन तम्सिए मनका चाहना
आएका मनमा मिठा मिठा अनगिन्ती भावना ।
२.
नजानेर पनि नगरिओस् नलागोस् कुनै लान्छना
मेहनतले सफलता मिलाेस् दिएँ शुभकामना ।
✍️ तारा घिमिरे
सङ्खुवासभा
१.
समृद्ध भएको हेर्ने चाहना,
अप्ठ्यारो नआओस् भन्ने कामना।
२.
टुक्का साहित्यको बाटोमा काँडा भए पन्छाउॅंला,
अगाडि बढोस् निरन्तर जहिले गीत गाउॅंला।
✍️ म्यामराज राई
हतुवागढी-६, होम्ताङ्,भोजपुर, हाल:-जापान
सम्पूर्ण अनन्त टुक्का यात्री हरूमा हार्दिक बधाई तथा शुभकामना