टुक्का कविताकाे परिकल्पना

टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाई ले २०७७ श्रावण २५ गते गीत लेख्दै गर्दा एउटा नयाँ साेच जन्मियाे नेपाली लाेकाेक्ती, लाेक गीतहरू, असारे भाका, कांठे भाका तथा गीतहरूलाई आधार मानेर प्रयाेगवादी धारणाले समयानुकुल नेपाली साहित्यमा लघुत्तम विधाकाे खाेज गरी नेपाली साहित्यमा नयाँ चाैतारी थप्ने याेजना बन्याे र तुक (अन्त्यानुप्रास) मिलाएर २ हरफका केही छाेटा कविता लेखियाे। त्यसपछि साहित्यकाे अन्य विधाहरूसँग नबाझियाेस् भन्ने हेतुले २ हरफमा तुक मिलाएर लेखिने अन्य साहित्यिक विधाहरू केही छन कि भन्ने विषयमा विभिन्न कृति, ग्रन्थहरू र इन्टरनेटकाे माध्यमबाट खाेज शुरू गरियाे । निश्चित कुराहरू बाझिने अन्य विधाहरू भेटिएन । त्यस पछि लाेकाेक्तिहरू तथा गीतहरूकाे बारेमा खाेज अध्ययन गर्दा तिनीहरूकाे मर्ममा कुनै असर नपर्ने गरी निश्चित नियममा बाँधिएर नवीन प्रयाेगको सुरुवात गर्दा कुनै असर नपर्ने निष्कर्ष निस्कियाे ।

समाजिक सञ्जालकाे फेसबुकका भित्ताहरूमा २ लाइनका कविताहरू पाेष्ट गरेर हेर्दा यसलाई मन पराउनेहरूको सङ्ख्या अपेक्षा गरिएभन्दा द्रुततर गतिमा बढ्दै गयो यसले एक ऊर्जा र हाैसलाको काम गर्यो । त्यस पछि केही साहित्यकाहरूसँग नयाँ प्रयाेगकाे बारेमा फेसबुक मेसिन्जर मार्फत छलफलहरू भए । आएका सुझावहरूलाई मध्यनजर गर्दै लेख्नकाे लागि केही नियमहरू तयार गरेर लेखन कार्य जारी नै रह्याे ।

नियमहरू तयार भई सके पछि उक्त लघुत्तम नव काव्यिक विधाकाे नाम के दिने भन्ने बारेमा आपसी छलफलकाे क्रममा फरक फरक नामहरूकाे बारेमा साेच तथा सुझावहरू आई रहेकाे थियाे। साेही क्रममा नेपाली साहित्यका समिक्षक श्री अरूण नदी खत्रीले उक्त लघुत्तम काव्यिक विधाकाे नाम “टुक्का” भनेर राख्नु उचित हुने प्रस्ताव गर्नु भयाे। हाम्राे परम्परागत रुपमा चलि आएकाे टुक्का वा उखान टुक्काकाे मर्मलाई असर पर्छ कि भनेर टुक्का शव्दमा केन्द्रित भएर अग्रज साहित्यकारहरूसँग छलफलहरू भयाे । विभिन्न पुस्तकहरू, इन्टरनेट मार्फत तथा बृहद नेपाली शब्दकाेषकाे अध्ययन गरियाे, टुक्का शब्दकाे अर्थ संकुचित नभएर वृहद् रहेको पाईयाे ।

तत्पश्चात प्राचीनमा चलिआएको टुक्का शब्द को अर्थलाई चोट नपुग्ने गरी लामो समयको अध्ययन, छलफल तथा अन्तर्कृया पश्चात नेपाली भाषा सहित्यमा अनवरत खट्ने विद्वानहरूका रायलाई मनन गर्दै प्राचीन टुक्का को अर्थ लाई मर्यादा गर्ने गरी तथा उखान टुक्का को मर्म र अर्थ लाई जीवन्त राख्ने गरि करिब ६ महिनासम्मकाे खाेज, अध्ययन र परिमार्जनबाट नयाँ अवधारणाकाे विकास गरि दुई लाईनमा समान अक्षर भई पूर्ण अर्थ दिने तथा तुकान्त (अन्त्यानुप्रास) लाई मुख्य आधार मानेर निश्चित नियमहरू तयार गरेर २०७७ साल पाैष १७ गते देखि टुक्का कविता ओैपचारिक रुपमा प्रकाशन शुरु गरिएकाे थियाे ।

ओैपचारिक रुपमा प्रकाशन भएकाे पहिलाे टुक्का कविता

राष्ट्रिय दिवस टाेपी ताज
हिमाल झैँ शाेभा देखेँ आज ।

~ ताराप्रसाद चापागाईं

Leave a Reply