टुक्का साहित्य समाजले टुक्का कविता विधाकाे उन्नयन र संस्थागत उदेश्य पूर्ति गर्नुकाे साथै दैनिक कार्य सञ्चालन गर्न देहायअनुसारकाे पदाधिकारीहरू रहने गरि केन्द्रीय समिति तथा उपसमितिहरू गठन गरेकाे छ।
काठमाडाैँ, टुक्का कविताको चौथो वार्षिकोत्सव कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ प्रवचन कक्षमा २०८० साउन २७ गते शनिवार भव्य रूपमा सम्पन्न भएको छ । टुक्का साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा आधा दर्जन बढी टुक्का काव्य कृतिहरूको विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राई, टुक्का कविता प्रवर्तक/ टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँ, काव्य विभाग प्रमुख बाबा बस्नेत, भाषा अनुवाद विभाग प्रमुख हंसावती कुर्मी, प्राज्ञ सभा सदस्य चेतनाथ धमला, साहित्यकारहरू डा.देवी पन्थी, पदमा शर्मा आँचल, सर्मिला श्रेष्ठ, डा.सावित्री श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूले उक्त कृतिहरूको विमोचन गर्नुभएको थियोे ।
टुक्का साहित्य समाजका अध्यक्ष एवम् टुक्का कविता प्रवर्तक ताराप्रसाद चापागाईँकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भुपाल राईकाे प्रमुख आतिथ्यता रहेको थियोे ।
टुक्का साहित्य समाजका उपाध्यक्ष एवम् टुक्का प्रशिक्षक वसन्त अनुभवको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका, काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेत, प्राज्ञ हंसावती कुर्मी, प्राज्ञ चेतनाथ धमला, आविष्करण नेपाल तथा चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा.देवी पन्थीले विशिष्ट आतिथ्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा पदमा शर्मा आँचल, शरद प्रधान, अरुण बहादुर खत्री नदी, सर्मिला श्रेष्ठ, डा.सावित्री श्रेष्ठ, लगायत नेपाल र भारतबाट गरेर २०० भन्दा बढी साहित्यकारहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा समाजका सचिव जमुना आचार्य काेइरालाले संस्थाकाे वार्षिक प्रतिवेदन र काेषाध्यक्ष रचना शर्मा प्रतिक्षाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा टुक्का कविता लेखन अभियानमा याेगदान पुर्याउने ८४ जना टुक्काकार तथा ५ वटा संस्थालाई सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
उक्त कार्यक्रममा शुभकामना दिँदै कुलपति भुपाल राईले नेपालमा प्रवर्तन भएका लघु तथा लघुत्तम विधाहरूकाे बारेमा प्रष्ट बुझेर ती विधाहरूलाई स्थापित गर्ने कार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे ।
प्रज्ञा सभा सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले दुई हरफमा लेखिने टुक्का कविता लेखन अभियान शुरु भएकाे चार वर्षकाे अवधिमा नै यति धेरै पुस्तक तथा हजाराैँ सर्जकहरूकाे सहभागिता हुनुले याे उपविधा छिट्टै स्थापित भएर संसारभर फैलन सक्ने अवस्था देखिएकाेमा खुसी व्यक्त गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागले नेपालमा नै खाेज अनुसन्धान र प्रवर्तन भएका विधाहरूलाई स्थापित गर्न सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएकाे थियाे । डा देवी पन्थीले अब नेपाली साहित्यमा विदेशमा प्रवर्तन भएका आयातित विधाहरू भन्दा पनि नेपालमा नै शुरुवात भएका माैलिक विधाहरूलाई नेपाली साहित्यले आफ्नाे विधाकाे रुपमा स्थापित गर्दै अब साहित्य आयात हैन निर्यात गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएकाे थियाे ।
साहित्यकार पदमा शर्मा आँचलले नेपालबाट शुरुवात भएकाे दुई हरफमा लेखिने टुक्का कविता भारत हुँदै बिस्तारै बिस्तारै संसारभर नै फैलिन लागेकाेमा शुभकामना व्यक्त गर्दै हिन्दी तथा नेपाली भाषाका टुक्का कविताहरू वाचन गर्नु भएकाे थियाे । कार्यक्रममा विमोचित कृतिहरूमा ऐतिहासिक टुक्का यात्रा (संयुुक्त सङ्ग्रह, दाेस्राे संस्करण), व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कविता सङ्ग्रह), म्यामराज राईको एकल टुक्का कविता सङ्ग्रह महक, पुष्पा राईको एकल टुक्का कविता सङ्ग्रह पुष्पाश्री, रामप्रसाद पुरीको एकल टुक्का कविता सङ्ग्रह टुक्का सुधा, भगवती दवाडी अधिकारीको एकल टुक्का कविता सङ्ग्रह बन्धन, राजेन्द्र पासाको एकल टुक्का कविता सङ्ग्रह तरङ्गित छालहरू रहेक छन् ।
उक्त कार्यक्रममा विगत लामो समयदेखि टुक्का कविता लेखन अभियानमा महत्वपूर्ण योगदान पुर्याउनु हुने निम्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे । क) ऐतिहासिक प्रबल टुक्का साहित्य सम्मान २०८० (१) श्री अरुण बहादुर खत्री नदी ( काठमाडाैँ ) (२) श्री पदमा शर्मा आँचल (कालाचिनी, भारत) (३) श्री निमा छिरिङ्ग भाेटिया ( दार्जिलिङ) (४) श्री शर्मिला श्रेष्ठ ( ललितपुर ) (५) श्री अच्युत घिमिरे (भुटान )
ख) टुक्का साहित्य संवृद्धि सम्मान २०८० (१) श्री राजेन्द्र प्रधान पासा ( दार्जिलिङ, भारत) (२) श्री म्यामराज राई ( भाेजपुर ) (३) श्री राम प्रसाद पुरी ( खाेटाङ ) (४) श्री पुष्पा राई ( खाेटाङ ) (५) श्री भगवती दवाडी (झापा)
ग) टुक्का साहित्य प्रवर्धन सम्मान २०८० (१) डा.सावित्री श्रेष्ठ (काठमाडाैँ) (२) डा.देवी पन्थी ( बिराटनगर ) (३) श्री वसन्त अनुभव (दाङ) (४) श्री रचना शर्मा प्रतीक्षा (ललितपुर ) (५) श्री राजेशराज गड्ताैला (माेरङ) (६) श्री चूडा निर्भीक (गाेरखा) (७) श्री जमुना आचार्य (सिन्धुपाल्चाेक) (८) श्री हाेम प्रसाद नेउपाने ( धरान ) (९) श्री बेदु न्याैपाने (काठमाडाैँ) (१०) श्री शाेभा आचार्य गाैतम (पाल्पा) (११) श्री रामशरण न्याैपाने (भक्तपुर) (१२) श्री अनिल खग्रास (पर्वत ) (१३) श्री नानीबाबा अधिकारी ( काठमाडाैँ ) (१४) श्री जगत थापा ( बझाङ ) (१५) श्री उषा केसी ( ललितपुर ) (१६) श्री श्रीकृष्ण शर्मा ( पाेखरा ) (१७) श्री विमुन्स पाैडेल ( पाेखरा ) (१८) श्री रुपा रिसाल ( काठमाडाैँ ) (१९) श्री रुपा पाैडेल ( ललितपुर ) (२०) श्री नरेशलाल अमात्य ( ललितपुर ) (२१) श्री सुमिना तिमल्सिना (भक्तपुर )
घ) टुक्काश्री साहित्य सम्मान २०८० (१) श्री अनुग्रह राना मगर ‘पुष्प’ (सङ्खुवासभा ) (२) श्री अम्विका अधिकारी (झापा) (३) श्री अर्जुन प्रसाद चौलागाई (अमेरिका) (४) श्री कमला देवकोटा (पाल्पा) (५) श्री केशवप्रसाद ढकाल ‘प्रीतबीज’ (गाेरखा) (६) श्री कृष्ण कुमारी छेत्री (दार्जिलिङ) (७) श्री गुणनिधि घिमिरे (अमेरिका) (८) श्री डम्बर थामी ‘अनुपम’ (दाेलखा) (९) श्री दुर्गा आचार्य (माेरङ्ग) (१०) श्री दुर्गा भट्टराई (माेरङ्ग) (११) श्री नवशिला (माेरङ) (१२) श्री नागेन्द्रप्रसाद यादव (दाङ ) (१३) श्री पवन कुमार बुढाथेाकी (काठमाडाैँ) (१४) श्री पुष्पा सुवेदी (बाँके) (१५) श्री प्रद्युम्न चालिसे (भक्तपुर) (१६) श्री प्रमोद भट्टराई ‘प्रतीक'( भक्तपुर) (१७) श्री प्रेम थापा “मन” (बागलुङ) (१८) श्री बाबुराम गौतम (गुल्मी) (१९) श्री बाबुराम पाण्डे (अर्घाखाँची ) (२०) श्री बुद्धिमान दनुवार (झापा) (२१) श्री भेष कुमारी लामीछाने (रुपन्दही) (२२) श्री मन्दिरा सेढाई (धादिङ) (२३) श्री मित्र ‘उराठी’ गाैतम (गुल्मी ) (२४) श्री रचना मोक्तान “यात्री” (काभ्रे) (२५) श्री रश्मी रिमाल (झापा) (२६) श्री राज कुमार राजभण्डारी खाेटाङ्ग (२७) श्री राजेश्वरी राजाेपाध्याय (ललितपुर) (२८) श्री रुना कर्माचार्य दाहाल (भक्तपुर) (२९) श्री सन्जना शर्मा ( दाङ) (३०) श्री सरिता सेढाई (धादिङ) (३१) श्री सहयात्री शाेभा अर्याल (रुपन्देही) (३२) श्री सुरेशकुमार पाण्डे (दाङ) (३३) श्री साधना पाैडेल (ओखलढुंगा) (३४) श्री हन्नाह क्षेत्री ( दार्जिलिङ) (३५) श्री त्रिलाेचन भण्डारी (झापा) (३६) श्री गंगा खड्का (काठमाडाैँ) (३७) श्री बिक्रम तिरुवा सलिन (जुम्ला) (३८) श्री बिनिता विश्वकर्मा (बाजुरा) (३९) श्री अरुण कुमार भुजेल ( गाेरुवथान, भारत) (४०) श्री सुशीला पाैडेल (अर्घाखाँची ) (४१) श्री रामकृष्ण दुवाडी (कास्की) (४२) श्री गोपाल कृष्ण डङ्गोल (काठमाडाैँ) (४३) श्री लक्ष्मी श्रेष्ठ (झापा) (४४) श्री परिक्रमा श्रेष्ठ (सुनसरी) (४५) श्री धनुष न्यौपाने (जुम्ला) (४६) श्री ललिता अभागी ( सिन्धुली) (४७) श्री पुष्पाशायरा (माेरङ्ग) (४८) श्री विनाेद रिजाल (माेरङ्ग) (४९) श्री चिरञ्जीवी ढकाल (बाँके) (५०) श्री इन्दिरा देवकाेटा (कपिलवस्तु) (५१) श्री घनश्याम पाैडेल (कास्की) (५२) श्री पूर्ण बहादुर श्रेष्ठ (काभ्रे) (५३) श्री कल्पना भण्डारी (सिन्धुपाल्चाेक)
त्यस्तै उक्त अवसरमा शुरुवाती समयदेखि टुक्का कविताकाे उन्नयनमा निरन्तर सहयाेग पुर्याउने निम्न पत्रिकाहरूलाई सम्मान प्रदान गरिएको थियो । १) हिमालयन दृष्टि डट कम २) साहित्यपाेष्ट डट कम ३) प्रभातफेरी साप्ताहिक ४) कल्पतरू द्वैमासिक ५) संसार न्युज डट कम
कार्यक्रमका सभापति, प्रमुख अतिथी, विशेष अतिथी, पुस्तकका सर्जक तथा प्रकाशहरूबाट क्रमश: ऐतिहासिक टुक्का यात्रा दाेस्राे संस्करण, व्यङ्ग्य कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रह, राजेन्द्र पासाकाे तरङ्गित छालहरू, म्यामराज राईकाे महक, पुष्पा राईकाे पुष्पाश्री, रामप्रसाद पुरीकाे टुक्का सुधा, भगवती दवाडीकाे बन्धन टुक्का कविता सङ्ग्रहकाे विमाेचन तथा समिक्षा गरिएकाे थियाे ।
टुक्का साहित्य समाजकाे तर्फबाट प्रमुख अतिथि विशिष्ट अतिथि, प्रशिक्षक तथा विशिष्ट व्यक्तित्वहरूलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।
अन्त्यमा, सभाध्यक्ष चापागाईँले नेपालमा नै प्रवर्तन भएका साहित्यिक विधाहरूलाई माया गर्न आव्हान गर्दै कार्यक्रम सफल बनाउन सहयाेग पुर्याउने संघसंस्थाहरू, प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि लगायत नेपाल तथा भारतबाट टुक्का कवितालाई माया गरेर पाल्नु भएका सबै साहित्यप्रेमी व्यक्तित्वहरूलाई धन्यवाद प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन समाजका महासचिव चूडा निर्भीकले गर्नुभएको थियोे ।
टुक्का कविताका परिकल्पनाकार ताराप्रसाद चापागाई ले २०७७ श्रावण २५ गते गीत लेख्दै गर्दा एउटा नयाँ साेच जन्मियाे नेपाली लाेकाेक्ती, लाेक गीतहरू, असारे भाका, कांठे भाका तथा गीतहरूलाई आधार मानेर प्रयाेगवादी धारणाले समयानुकुल नेपाली साहित्यमा लघुत्तम विधाकाे खाेज गरी नेपाली साहित्यमा नयाँ चाैतारी थप्ने याेजना बन्याे र तुक (अन्त्यानुप्रास) मिलाएर २ हरफका केही छाेटा कविता लेखियाे। त्यसपछि साहित्यकाे अन्य विधाहरूसँग नबाझियाेस् भन्ने हेतुले २ हरफमा तुक मिलाएर लेखिने अन्य साहित्यिक विधाहरू केही छन कि भन्ने विषयमा विभिन्न कृति, ग्रन्थहरू र इन्टरनेटकाे माध्यमबाट खाेज शुरू गरियाे । निश्चित कुराहरू बाझिने अन्य विधाहरू भेटिएन । त्यस पछि लाेकाेक्तिहरू तथा गीतहरूकाे बारेमा खाेज अध्ययन गर्दा तिनीहरूकाे मर्ममा कुनै असर नपर्ने गरी निश्चित नियममा बाँधिएर नवीन प्रयाेगको सुरुवात गर्दा कुनै असर नपर्ने निष्कर्ष निस्कियाे ।
समाजिक सञ्जालकाे फेसबुकका भित्ताहरूमा २ लाइनका कविताहरू पाेष्ट गरेर हेर्दा यसलाई मन पराउनेहरूको सङ्ख्या अपेक्षा गरिएभन्दा द्रुततर गतिमा बढ्दै गयो यसले एक ऊर्जा र हाैसलाको काम गर्यो । त्यस पछि केही साहित्यकाहरूसँग नयाँ प्रयाेगकाे बारेमा फेसबुक मेसिन्जर मार्फत छलफलहरू भए । आएका सुझावहरूलाई मध्यनजर गर्दै लेख्नकाे लागि केही नियमहरू तयार गरेर लेखन कार्य जारी नै रह्याे ।
नियमहरू तयार भई सके पछि उक्त लघुत्तम नव काव्यिक विधाकाे नाम के दिने भन्ने बारेमा आपसी छलफलकाे क्रममा फरक फरक नामहरूकाे बारेमा साेच तथा सुझावहरू आई रहेकाे थियाे। साेही क्रममा नेपाली साहित्यका समिक्षक श्री अरूण नदी खत्रीले उक्त लघुत्तम काव्यिक विधाकाे नाम “टुक्का” भनेर राख्नु उचित हुने प्रस्ताव गर्नु भयाे। हाम्राे परम्परागत रुपमा चलि आएकाे टुक्का वा उखान टुक्काकाे मर्मलाई असर पर्छ कि भनेर टुक्का शव्दमा केन्द्रित भएर अग्रज साहित्यकारहरूसँग छलफलहरू भयाे । विभिन्न पुस्तकहरू, इन्टरनेट मार्फत तथा बृहद नेपाली शब्दकाेषकाे अध्ययन गरियाे, टुक्का शब्दकाे अर्थ संकुचित नभएर वृहद् रहेको पाईयाे ।
तत्पश्चात प्राचीनमा चलिआएको टुक्का शब्द को अर्थलाई चोट नपुग्ने गरी लामो समयको अध्ययन, छलफल तथा अन्तर्कृया पश्चात नेपाली भाषा सहित्यमा अनवरत खट्ने विद्वानहरूका रायलाई मनन गर्दै प्राचीन टुक्का को अर्थ लाई मर्यादा गर्ने गरी तथा उखान टुक्का को मर्म र अर्थ लाई जीवन्त राख्ने गरि करिब ६ महिनासम्मकाे खाेज, अध्ययन र परिमार्जनबाट नयाँ अवधारणाकाे विकास गरि दुई लाईनमा समान अक्षर भई पूर्ण अर्थ दिने तथा तुकान्त (अन्त्यानुप्रास) लाई मुख्य आधार मानेर निश्चित नियमहरू तयार गरेर २०७७ साल पाैष १७ गते देखि टुक्का कविता ओैपचारिक रुपमा प्रकाशन शुरु गरिएकाे थियाे ।
ओैपचारिक रुपमा प्रकाशन भएकाे पहिलाे टुक्का कविता
राष्ट्रिय दिवस टाेपी ताज हिमाल झैँ शाेभा देखेँ आज ।
टुक्का साहित्य समाज वर्तमान कार्यसमिति ताराप्रसाद चापागाईँ [ अध्यक्ष ] वसन्त अनुभव [ उपाध्यक्ष ] चूडा निर्भिक [ महासचिव ] जमुना आचार्य काेइराला [ सचिव ] रचना शर्मा प्रतीक्षा [ काेषाध्यक्ष ] हाेम प्रसाद नेउपाने [ सदस्य ] बेदु न्याैपाने [ सदस्य ] शाेभा आचार्य गाैतम [ सदस्य ] राम प्रसाद पुरी [ सदस्य ] पुष्पा राई [सदस्य ]
(१) टुक्का नेपाली माटोमा हुर्किएको सरल एवं मौलिक कविता विधा हो ।
(२) टुक्काको संरचना (क) बाहिरी संरचना अन्तर्गत टुक्कामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दाेस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ। टुक्काकाे दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । (ख) टुक्काकाे भित्री संरचना अन्तर्गत टुक्का आफैँमा अर्थपूर्ण हुनुपर्ने । कविताका गहना अलङ्कार, छन्द, विम्ब, प्रतीक, शब्द शक्तिका साथै विविध प्रयोगपूर्ण कलात्मक सिर्जना हुनुपर्ने ।
(३) टुक्कालाई मुख्य स्वच्छन्द टुक्का र छन्द टुक्का गरी दुई भागमा वर्गिकरण गरिएकाे छ।
(४) शब्दको पूर्णताभन्दा पनि भावको सघनता, तीव्रता र प्रभावकारी एवम् कलात्मक रचना हुनुपर्छ । दुवै हरफमा परस्पर सम्बन्ध प्रगाढ हुनुपर्ने ।
(५) पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रो हरफमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
(६) टुक्का सृजना गर्ने व्यक्तिलाई टुक्काकार भनिन्छ।
(७) सकेसम्म गहकिला, थोरै शब्दमा वजनदार, रसिलो, कसिलो र चोटिलो शब्दावलीको प्रयोग गरी लेख्न सकिने तर समान अर्थ दिने एउटै शब्दलाई पटक पटक दाेहाेर्याउनु उचित मानिदैन।
(८) भाषिक शुद्धतालाई ध्यान दिनुपर्ने । नेपाली भाषामा लेखिएकाे टुक्कामा सकेसम्म ठेट नेपाली शब्दहरुकाे प्रयाेग गरिन्छ । टुक्का नेपाली माैलिक साहित्य विधा भएता पनि याे जुनसुकै भाषामा पनि लेख्न सकिन्छ ।
(९) टुक्का जुनसुकै विषयमा पनि लेख्न सकिने तर धार्मिक, सांस्कृतिक, सामाजिक, व्यक्तिगत संस्कार तथा स्वतन्त्रतामा असर पर्ने गरी टुक्काहरू लेख्न पाइने छैन ।
(१०) टुक्कामा आवश्यकता अनुसार अल्पविराम, पूर्ण विराम, प्रश्नवाचक, विस्मयादिबोधक आदि चिह्नहरूको प्रयोग गर्नु पर्दछ ।
(११) टुक्काले अन्ततः वाचनबाटै पूर्णता पाउने हुँदा टुक्का कवितामा अक्षर गणना गर्दा लेखन तथा उच्चारण दुवैका आधारमा मान्य हुने तर समानता रहनुपर्ने।
१. टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने। २. दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्न । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । ३. दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ । ४. पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने । ५. टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएकाे छ:- (क) छन्द टुक्का (ख) स्वच्छन्द टुक्का
दुई हरफमा लेखिने प्रयाेगवादी लघुत्तम काव्यिक उपविधा टुक्का कविताकाे परिचयात्मक प्रथम पुस्तक “टुक्का”
कृति : ऐतिहासिक टुक्का यात्रा विधा : टुक्का कविता
सम्पादकहरू: विमुन्स पाैडेल, वसन्त अनुभव, अनिल खग्रास प्रकाशक : टुक्का साहित्य समाज प्रकाशन वर्ष : प्रथम संस्करण २०७९ वैशाख (सन २०२२) पृष्ठ संख्या : १११
टुक्का कविताकाे पहिलाे संयु्क्त टुक्का कविता सङ्ग्रह “ऐतिहासिक टुक्का यात्रा” मा ३७ जना टुक्काकारका टुक्का कविताहरू सङ्गृहीत छन् ।
कृति: ऐतिहासिक टुक्का यात्रा
सम्पादक: ताराप्रसाद चापागाईँ
विधा :टुक्का कविता
संस्करण : दाेस्राे (२०८० साल) संशाेधन सहित
प्रकाशक: टुक्का साहित्य समाज
पृष्ठ : १३२
संयु्क्त टुक्का कविता सङ्ग्रह “ऐतिहासिक टुक्का यात्रा” दाेस्राे संस्करणमा ३९ जना टुक्काकारका टुक्का कविताहरू सङ्गृहीत छन् ।
टुक्काकार: राजेन्द्र पासा
कृति : तरङ्गित छालहरू विधा : टुक्का कविता संस्करण : प्रथम २०२२ प्रकाशक : सोनादा साहित्य संस्थान एवं रमेश बन्धु प्रकाशन, सोनादा, दार्जीलिङ । पृष्ठ संख्या : १३६
भारतबाट प्रकाशित पहिलाे टुक्का कविता सङ्ग्रह “तरङ्गित छालहरू”
टुक्काकार : म्यामराज राई
कृति:: महक विधा : टुक्का कविता संस्करण : प्रथम २०८० (सन २०२३) प्रकाशक : अन्जना छिलिङ् राई पृष्ठ संख्या : १३०
वितरक : टुक्का साहित्य समाज
नेपाली, बान्तवा राई तथा जापानिज ३ भाषामा लेखिएका टुक्का कविताहरूकाे सङ्ग्रह “महक”
टुक्काकार : पुष्पा राई
कृति: पुष्पाश्री
विधा : टुक्का कविता
संस्करण : प्रथम २०८० साल
प्रकाशक: कृष्ण राना
पृष्ठ संख्या : ९२
नारी हस्ताक्षरमा सङ्ग्रहित प्रथम टुक्का कविता सङ्ग्रह “पुष्पाश्री”
कृृति: व्यङ्ग्य कन्तुर
सम्पादक : वसन्त अनुभव
विधा : टुक्का कविता
संस्करण : पहिलाे २०८० साल
प्रकाशक : भुँडीपुराण प्रकाशन
पृष्ठ संख्या : ११२
व्यङ्ग्य कन्तुर संयुक्त टुक्का कविता सङ्ग्रहमा ४९ जना टुक्काकारहरूकाे व्यङ्ग्यात्मक टुक्का कविताहरू सङ्गृहीत छन् ।