टुक्का कविताका केही नियमहरू
१. टुक्का दुई हरफको मात्र अर्थपूर्ण संरचना हुनु पर्ने।
२. दुवै हरफकाे अन्तमा तुक (अन्त्यानुप्रास) मिलेकाे हुनु पर्न । शब्दानुप्रास र एकाक्षरी तुकान्त मान्य हुने छैन । अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।
३. दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म राख्न सकिन्छ ।
४. पहिलो हरफमा विषयको उठान, विस्तार र दोस्रोमा समर्थनसँगै समापन गरेको हुनुपर्ने । साथै दोस्रो हरफमा मूलभाव उत्कर्ष वा परिपाकमा पुगेको हुनुपर्ने ।
५. टुक्का लेखनलाई मुख्य दुई भागमा बर्गिकरण गरिएकाे छ:-
(क) छन्द टुक्का
(ख) स्वच्छन्द टुक्का
